ओटावा, क्यानडा- क्यानडाको दक्षिण-पश्चिमी सास्काचवन प्रान्तमा ट्रकले ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका खेलाडी बोकेर गुडेको बसलाई ठक्कर दिँदा कम्तीमा १४ खेलाडीको मृत्यु भएको छ। खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

बस चालकसहित २८ जनासहित राजमार्गमा गुडिरहेको बसलाई एक मालवाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार राति हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न उक्त समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तव्यतर्फ गइरहेको बेला दुर्घटना भएको बताइएको छ।

यसैबीच, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले सडक दुर्घटनामा हकी खेलाडीहरुको मृत्यु भएकोप्रति शोक व्यक्त गर्दै यसले आफूलाई मर्माहत तुल्याएको बताएका छन्। शनिबार ट्विट गर्दै उनले मृतक खेलाडीका अभिभावक र आफन्तजनप्रति सहानुभूति समेत व्यक्त गरेका छन्। (रासस/सिन्ह्वा)