काठमाडौं। भारतमा चलिरहेको आइपीएल क्रिकेट हेर्न नपाएपछि एक युवकले आत्महत्या गरेका छन्। घरको काममा मद्धत गर्नुको सट्टा आइपीएलको खेल हेर्न गएपछि आमाले गाली गर्दा गाली सहन नसकेर १८ वर्षे विद्यार्थीले आत्महत्या गरेका हुन्। मुम्बईको जोगेश्वरी पश्चिम इकालाका निलेश गुप्ताले सोमबार फाँसी लगाएर आत्महत्या गरेको अंबोली पुलिसले बताएको छ।

घटना यस्तो छ – राति साढे ९ बजेतिर आइपीएल हेरिरहेको युवालाई उनकी आमाले बाहिर राखेको पानीको ट्यांकी चेक गर्न भनेपछि उनले मानेनन्। अनि उनकी आमाले निराश हुँदै टिभी बन्द गर्न भनिन्। त्यसपछि दुवैबीच बहस चल्यो। रिसमा आमाले टिभी बन्द गरिदिइन्। अनि आफै ट्यांकी हेर्न गइन्। निलेशका बाबु र बहिनी घरमा थिएनन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१५ मिनेटपछि आमा फर्केर घर आउँदा मुल ढोका भित्रबाट बन्द थियो। आमाले छोरालाई बोलाइन्। कुनै जवाफ आएन। उनले छिमेकीको मद्धत लिइन्। अनि ढोका फोरेर भित्र जाँदा निलेश लिभिङ रुममा झुन्डिएको थियो। तत्काल निलेशलाई अस्पताल लगिए पनि उसलाई डाक्टरले मृत घोषित गरे। उनी बी कम का विद्यार्थी थिए। क्रिकेटमा खुवै लगाब भएको उनका बाबु अनिलले बताए। पुलिसले आवेगमा आएर निलेशले आत्महत्या गरेको निष्कर्ष निकालेको छ। (एजेन्सी)