एजेन्सी- अल्जेरियामा सैनिक विमान दुर्घटनामा परेको छ। सो दुर्घटनामा २ सयभन्दा बढीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्‍याइरहेका छन्। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान विमान   दुर्घटनामा परेको हो। सो विमानस्थलस अल्जेरियाको राजधानी अल्जियर्सको नजिकै पर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थप विवरण आउन बाँकी छ।