काठमाडौं- अल्जेरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या दुई सय पचासभन्दा बढी भएको त्‍यहाँको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

बुधबार राजधानी अल्जियर्स नजिकै रहेको बौफारिक मिलिटरी एयरपोर्टबाट उडेको केही मिनेटमै विमान दुर्घटना भएको थियो।

तर दुर्घटना के कारणले भयो भन्‍ने आधिकारिक जानकारी भने अहिलेसम्‍म नआएको त्‍यहाँका सरकारी अधिकारीहरुले बताएका छन्।

उनीहरुले भनेका छन्, ‘उक्त विमान दुर्घटनामा मर्नेको मध्‍ये अधिकांश पोलिसारियो फ्रन्टका रहेका छन्।’

पोलीसारियो फ्रन्ट एउटा यस्तो विद्रोही संगठन हो जसले मोरक्कोबाट स्वतन्त्रताको लडाइ लडिरहेका छन् भने अल्जेरियाले उसलाई समर्थन गरिरहेको छ।

टेलिभिजन रिपोर्टमा भनिएको छ, ‘घटनास्थल नजिकै १४ एम्बुलेन्स पठाइएको छ भने घाइतेहरुको उद्धार गरेर उपचारको लागि अस्पताल पुर्‍याइएको छ।’

अल्जेरियाको रक्षा मन्त्रालयका अनुसार सेना प्रमुखले दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन्। उनले विमान दुर्घटनास्थलको निरीक्षण समेत गरेका छन्।

चार वर्षअघि यही ठाउँमा अल्जेरिमा सेनाका धेरै पदाधिकारी र उनका परिवार रहेको विमान दुर्घटना भएको थियो जसमा ७७ जनाको मृत्‍यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah