दमक /झापाको दमकमा रहेको दमक बहुमुखी क्याम्पसले आयोजना गरेको सप्ताहब्यापी खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्याम्पसले जनाएको छ ।
आज क्याम्पसमा पत्रकार सम्मेलन गर्दै भोलिबाट हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो ।
बिभिन्न ११ विधामा हुने प्रतियोगितामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने बताईएको छ । भोलिबाट एक हप्ता सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा दमक उद्योग वाणिज्य संघ क्यम्पसका कर्मचारीबीच मैत्रिपूर्ण फुटबल खेल हुने क्याम्पसका खेलकुद उपसमिति संयोजक पदम जवेगुले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष देबि दहालले विद्यार्थीलाई पढाईका अलवा अतिरिक्त क्रियापकलापमा समेत दक्ष बनाउना क्याम्पसको वार्षिक क्यालेन्टरमानै समावेश गरि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । क्याम्पसमा सञ्चालन हुने सप्ताहब्यापी प्रतियोगिताको समापन पुष १५ गते हुने छ । यस्तै अगामी फागुनमा हुन लागेको क्युएए प्राप्त अन्तर क्याम्पस स्तरीय राष्ट्यि फुटबल प्रतियोगितालाई लक्षित गरि यसपटकको खेलकुद शप्ताह मनाईएको क्याम्पस प्रमुख उत्तम भट्टराईले बताउनु भयो । यसैबीच क्याम्पसले यही माघ १८, १९ र २० गते बृहत्त विज्ञान प्रदर्शनीको आयोजना गर्ने भएको छ । बिज्ञानलाई सहज रुपले बुझ्न प्रर्दशनीको आयोजना गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख बासु काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah