दमक/नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित महासचिव नित्यानन्द ताजपुरियाले संविधान संशोधनको क्रममा आदिवासी जनजातिको मागलाई नसमेटिए शसक्त आन्दोलन गर्ने बताउनुभएको छ ।
आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित महासचिव ताजपुरियाले संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावले अदिवासीको मागलाई नसमेटेको बताउनुभएको हो । संसदमा दर्ता भएको संहोधन प्रस्तावले आदिवासीको मागलाई नसमेटे पनि प्रस्ताव पास हुने नदिने बाहानामा सदन अवरुद्ध पार्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ संसोधन प्रस्ताव पेश गर्ने क्रममा आदिवासी जनजाति महासंघलाई सोधेनन्, यो प्रस्तावले हाम्रो मागलाई समेट्ने विश्वास छैन तर प्रस्तावको विषयमा छलफल हुनुपर्छ, त्यसै संसद अवरुद्ध गर्न मिल्दैन’ । अन्तरिम संविधान २०६३ ले ब्यवस्था गरेको अधिकारलाई अहिलेको संविधानले संस्था गर्न नसकेका कारण यो संविधान जनजातिले स्वीकार गर्न नसकेको दबि गर्नुभयो । एकात्मकवादीले जलाएको राज्यले आदिवासी जनजाती, दलितलगायत पीछडिएको वर्गलाई समेट्न नसक्ने पनि उहाँको दाबी थियो । अबको समय भनेका राजनीतिक अस्थिरता निम्त्याउने नभई सबैको भावनालाई समेटेर देशलाई समृद्ध र विकसित बनाउनुपर्ने भएको उहाँले बताउनुभयो । अहिलेको एकात्मकबादी सरकारले जातीय राज्यको गलत ब्याख्या गरेको पनि बताउनुभयो । यसैबीच नेपाल जनजाति महासंघको ९ औँ महाधिवेशनबाट पूर्वबाटै पहिलो पटक ताजपुरिया महासचिव बन्नुभएको हो ।



