"कुकुर-कविता " - बिबस बेनाम *******,**** "बुख्याचा र जुरेली"

हो,म बुख्याचा हुँ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बर्षौ देखि एक्लै उभिरहेको छु।

यै मेरो सक्कली रुप बोकेर,

दुनियाँलाई तर्साउने म एउटा बुख्याचा हुँ।

तेसै पनि को आउँछ र मेरो वरिपरि,

सबै टाढा-टाढा म एक्लै उभिरहन्छु लाचार सधैं सधैं,

एक्लैएक्लै बर्षौ बर्षौ देखि। तर,

सधैं आईरहन्छिन एउटी जुरेली।

बिनाकामको हातमा बसेर आफ्नो दुखी जीवन बिसाउदै दुखेसो पोखाउछिन जुरेली।

आफ्नो गुँड भएको रुख काटिएको गुनासो पोखाउछिन।

कहिले साथिहरु सँग छुट्टिएको।

जुरेलिको दुखेसोले तातो आँसु बर्सन्छन।

आफ्नो आँसु पुछ्न पनि सक्दिन। हात छ तर बिनाकामको।

हो,म एउटा बुख्याचा हुँ।

एक्लै बाच्नका लागि बनेको न हुँ।

तेसै पनि को आउँछ र,मेरो वरिपरि ।

हो,म एउटा बुख्याचा हुँ।

रातभरी हावाले हान्छ, बतासले हान्छ,सिरेटोले।

तर,बोल्दैनन कोहि पनि चुपचाप।

मेरै छेउका बालीहरु बढ्छन,काट्छन।

मेरै छेउको दुधिलोले सयौं पल्ट चोला फेर्यो।

तर, न म बढे,न त काटिए नै। हो,म एउटा बुख्याचा हुँ।

यी मेरा आक्रोशहरु सुन्ने जुरेली न हो।

बिचरी…चिरबिर गर्दै स्विकार्छिन।

सुन त जुरेली, म एउटा एस्तो बुख्याचा हुँ।

जो बर्षौ देखी एक्लै उभिरहेको छु।

उभिरहने छु,रुख जस्तै।

जुरेली,तिमी कतिञ्जेल पो तड्पेर हिड्छौ।

कतिञ्जेल पो एक्लै-एक्लै सिन्काहरु भेलाउछौ।

हेर जुरेली, मेरै हातहरुमा,मेरै टाउकामा सिन्काहरु छन।

जुरेली, मलाई त कल्ले पनि काट्दैन, कहिल्यै पनि काट्दैनन, मेरैमा गुँड बनाउन ल।

धन्यवाद ।