काठमाडौं । भारतको मध्यप्रदेशको सीधी जिल्लामा सोन नदीको जोगदहा पुलमा एक मिनी ट्रक दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

जन्तीले भरिएको उक्त ट्रकले नियन्त्रण गुमाएर एक सय फिट तल खसेको थियो । पुलिसका अनुसार घाइतेहरुमध्येको अधिकांशको अवस्था गम्भीर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकको संख्या बढ्न सक्ने घाइतेहरुको अवस्थाले बताउने प्रहरीले जनाएको छ ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहनाले मृतकका परिवारलाई २–२ लाख तथा घाइतेहरुलाई ५०–५० हजार आर्थिक सहायता गर्ने बताएका छन् ।

दुर्घटना मंगलबार राति स्थानीय समय अनुसार ९ः३० बजे भएको हो ।

अमिलिया थाना प्रभारी दीपक बघेलका अनुसार उक्त जन्ती लिएको ट्रक हर्राबिजी गाउँबाट पमरिया गाउँ जाँदै थियो ।

शवलाई ट्रक काटेर निकालिएको थियो ।