अबुजा (नाइजेरिया), ९ पुस । नाइजेरियाली सेनाले यहाँको आतङ्कवादी बोको हराम समूहको महत्वपूर्ण आश्रयस्थलमध्येको मुख्य सम्विसा जङ्गल क्षेत्रलाई शनिबार आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
साम्विसा जङ्गल क्षेत्रमा बोको हरामले आफ्नो आश्रयस्थल बनाई मुलुकका विभिन्न ठाउँमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उक्त इलाकालाई सरकारी सेनाले नियन्त्रणमा लिएको नाइजेरियाली राष्ट्रपति मुहम्मद बुहारीले बताउनुभयो ।राष्ट्रपति बुहारीले उक्त एक हजार ३०० वर्ग किलोमिटर जङ्गली क्षेत्रलाई सरकारी नियन्त्रणमा लिन सेनाले एक महिना पहिलेदेखि कारबाही थालेको बताउनुभयो ।
यो क्षेत्रलाई बोको हरामले निकै सुरक्षित अश्रयस्थलका रुपमा लिँदै आएको थियो ।










