एजेन्सी: नेपाल जस्तो पितृसत्तात्मक समाजमा महिला हिंसाका घटना सामान्य मानिन्छन् । दिनहुँ कुनै कुनै महिलाले पुरुषबाट तथा महिलाबाटै पनि हिंसाको सामना गर्नुपरिरहेको छ।

यहाँ चर्चा गर्न लागिएको भने यसको ठ्याक्कै विपरित घटनाको हो । भारतको उत्तरप्रदेश राज्यस्थित ग्रेटर नोएडाको दनकौर कोतवाली क्षेत्रको एक गाउँका पुरुष रुँदै रुँदै पुलिस चौकी पुगेका छन् ।

उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही माग गरेपछि पुलिस पनि चकित परेका थिए । ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे । उनले पुलिसमा दिएको उजुरीमा आफ्नो बिहे तीन वर्ष पहिले भएको उल्लेख गरिएको छ।

बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् ।

पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । यस कुराको गुनासो ससुरालीमा गर्दा आफूमाथि झनै हिंसा बढेको गुनासो ती पुरुषले गरेका छन् ।

उनले ससुरालीमा यस्तो गुनासो गरेपछि पत्नीले घर पनि आफैँलाई पुछ्न लगाएर थप सताएको दाबी गरेका छन् । यतिमै पत्नीको हिंसा रोकिएन, उनले पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् ।

घरको काम गर्नुपरेपछि कार्यालयमा जान ढिलो हुँदा जागिर पनि गुमाउनुपरेको गुनासो उनले प्रहरीसँग गरेका छन् ।

पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah