साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

मोरङ प्रहरीको पत्रका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका लोहनीलाई बुधबार पक्राउ पुर्जी थमाइएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाशाखामा उनकाे कमाण्डमा रहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल यसअघि नै पक्राउ परिसकेका छन्। केसी सुन तस्करी पक्ररणमा पक्राउ पर्ने उच्च अाेहादाका बहालवाला प्रहरी अधिकारी हुन्। याे प्रकरणमा यसअघि पूर्व डिअाइजी गाेविन्द निराैला, एसपी विकासराज खनाल पक्राउ परेका थिए। एसएसपी श्याम खत्री भने फरार छन्।

प्रहरीका उच्च अाहाेदाका अधिकारी पक्राउ पार्ने याे प्रकरणकाे साइना मोरङ उर्लाबारीका सनम शाक्य हत्या एवं साढे ३३ केजी सुन बेपत्तासँग जाेडिएकाे छ। काठमाडौं प्रहरीले खोजिरहेका शाक्यको शव फागुन १८ मा धरानमा फेला परेकाे थियाे। अपराध महाशाखाले खटाएका दुई प्रहरीले धरानमा फेला पारेको शाक्यको शव १९ गते विराटनगर पोखरिया कन्यामार्गमा सार्वजनिक गरिएकाे थियाे। शव फेला पारे पनि प्रहरी टाेलीले सुन तस्करीका मुख्य अभियुक्त गाेरे भन्ने चुणामणि उप्रेतीलाइ पक्राउ गरेकाे थिएन।

यही घटनाकाे छानवीन गर्न मन्त्रिपरिषदले चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वर पाैडेल नेतृत्वमा एक छानवीन समिति गठन गरेकाे थियाे। अपराध महाशाखाले अफ ट्रयाक गएर गरेकाे साे अनुसन्धान सन्देहपूर्ण रहेकाे ठहर गर्दै समितिले त्यसमा संलग्न प्रहरी अधिकारीसहितलाइ कारवाही अघि बढाएकाे हाे। नेपाल खबर बाट