सिरियाको लटाकियानजिकै एक रुसी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा दुई पाइलटको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

बिहीबार बिहान खमेमिम हवाइ अड्डाबाट उडेको रुसी एसयु–३०एसएम विमान भूमध्य सागरमा खसेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई पाइलटले विमानलाई नियन्त्रणमा लिन अन्तिमसम्म संघर्ष गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

इञ्जिनमा चरा ठोक्किएका कारण सो दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

एसयु–३०एसएम लडाकु विमानमध्ये दुर्घटनाग्रस्त हुने यो पहिलो विमान रहेको बताइएको छ। एजेन्सी