दमक/राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा जिल्लाको २ वर्षे कार्यकालको लागि झापा दमकका स्वास्थ्यकर्मी समेत रहेका सामाजिक ब्याक्तित्व डा.नविन चापागाइ अध्यक्षमा निर्वाचित भएकाछन् ।
बरिष्ठ उपाध्यक्षमा धनञ्जय बास्कोटो, उपाध्यक्षमा मनकुमार गदाल, सचिवमा नविन योगी र कोशाध्यक्षमा चैतन्य बराल निर्वाचित भएको बताईएको छ ।
आज सुरुगामा भएको अधिवेसनबाट सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको कोशाध्यक्ष चैतन्य बरालले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।



