आज कार्ल मार्क्सको द्वीशतवार्षिकी। नेपालसहित विश्वभर नै विभिन्न कार्यक्रम गरी माक्र्सवादी सिद्धान्तका प्रणेता मार्क्सको जन्म जयन्ती मनाईंदैछ।
मार्क्सलाई प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, साम्यवादी राजनैतिक सिद्धान्तका प्रणेताको रुपमा लिइन्छ। सन् १८१८ मा जर्मनीको ट्रियरमा जन्मिएका मार्क्सको निधन सन् १८८३ मा लण्डनमा भएको थियो।
कार्ल मार्क्सले १८४८मा फेडरिक ऐंगेल्ससँग मिलेर पहिलो पटक कम्युनिष्ट घोषणा पत्र तयार गरेका थिए। कम्युनिष्ट घोषण पत्रकालाई साम्यवादी सिद्धान्त अँगाल्नेहरुले एउटा आधारपुस्तिकाका रुपमा लिने गर्छन्।
कम्युनिष्ट घोषणा पत्रमा लेखिएको छ, ‘अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो। पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ्र, जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ। अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ्र।’
माक्र्सको जन्म जयन्तीको अबसरमा एमाले, माओवादीसहितका नेपालका विभिन्न कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रम गर्दैछन्।



