पाकिस्तानका गृह मन्त्रीमाथि गोली प्रहार भएको छ । देशको उत्तर पूर्वी शहर नरोवालको भ्रमणमा रहेका बेला मन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको हो । नरोवाला मन्त्री इकबालको चुनावी क्षेत्र पनि हो ।

पञ्जाव प्रान्तको नरोवालमा पार्टीको बैठकका लागि गएका बेला मन्त्री इकबालमाथि ज्यान लिने प्रयासहित गोली प्रहार भएको सरकारी अधिकारीले बताएका छन् । उनको हातमा एउटा गोली लागेको छ ।

आउँदो जुलाई १५ मा पाकिस्तानमा आम चुनाव हुँदैछ र मन्त्री इकबाल आफ्नो चुनावी क्षेत्रमा आइतबार ¥यालीका लागि पुगेको थिए र सकेपछि बैठकको तयारीमा रहेका थिए ।

मन्त्री इकबालमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर अहिलेसम्म गोली प्रहार गर्नुको कारण खुलेको छैन ।

मन्त्री इकबाल पाकिस्तानको सत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लिग, नवाजका शीर्ष नेता मध्ये एक हुन् ।

गोली लाग्ने बित्तिकै मन्त्री इकबाललाई अस्पताल लगिएको र उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ । मन्त्री इकबालमाथिको आक्रमणको सबै पक्षबाट आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah