काठमाडौं, २६ वैशाख – उमेर २५ वर्ष । तलब मासिक १५ लाख । सुन्दा अविश्वास लागेपनि भारतको बिहारकी मधुमिता कुमारका लागि यो सपना नभई वास्तविकता हो ।

संसारका ठूला सर्च कम्पनीहरूमध्ये एक गूगलमा मधुमिताले एक करोड ७५ लाख रुपैयाँ वार्षिक तलब पाउने गरी जागिर पाएकी छन् ।

सोमवार मधुमिता गूगलको स्विट्जरल्यान्डस्थित अफिसमा टेक्निकल सोल्युसन इन्जिनियरका रूपमा प्रवेश गरिन् ।

गूगलमा जागिर शुरु गर्नुअघि उनी बेंगलुरुको एपीजी कम्पनीमा काम गरिरहेकी थिइन् ।

उनका पिताका अनुसार, हालै उनलाई अमेजोन, माइक्रोसफ्ट र मर्सिडिज जस्ता कम्पनीबाट पनि अफर आएको थियो ।

अहिले उनका पिता मधुमिताको सफलताको खुशियाली मनाइरहेका छन् ।

पटनानजिकको खगौल इलाकामा बस्ने यो परिवारको चर्चा भइरहेको छ तर कुनै समयमा मधुमिताका पिताले उनलाई इन्जिनियरिङ पढ्न दिन चाहेका थिएनन् ।

सुरेन्द्र कुमार शर्मा भन्छन्, ‘शुरुमा मैले इन्जिनियरिङ क्षेत्र महिलाहरूका लागि हैन भनेको थिएँ । तर मैले युवतीहरू ठूलै संख्यामा यस क्षेत्रमा आइरहेको देखें । अनि मैले उसलाई भर्ना गर न त भनें ।’

त्यसपछि मधुमिताले जयपुरको आर्या कलेज अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीबाट कम्प्युटर साइन्समा इन्जिनियरिङको पढाइ गरेकी हुन् ।

यो सफलता हासिल गर्न मधुमिताको मेहनत र लगनशीलताका साथै भारतका पूर्वराष्ट्रपति तथा प्रसिद्ध वैज्ञानिक एपीजे अब्दुल कलामको प्रेरणा पनि सहायक छ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah