राजनीतिमा लाग्नुभन्दा पनि पहिला दशकौँअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ पुगेर ध्यान गरेको जानकारी मुक्तिनाथमा बसेर साधना गरेकाहरूबाट आफूले पाएको संस्कृतिविद् गोविन्द टण्डनले बताएका छन्।

प्रधानमन्त्रीका रूप पहिलो पटक नेपाल आउँदा मोदी आफैँले संसद्‍मा नेपालीमा भाषण गर्दै भनेका थिए, “धेरै धेरै वर्षअघि एक पथिक यात्री र तीर्थालुको रूपमा म यहाँ आएको थिएँ।”

तर उनले नेपालमा आफू कहाँ आएको स्पष्ट पारेका थिएनन्।

टण्डनका अनुसार मोदीले मुक्तिनाथमा बसेर ध्यान गरेको खुल्ने लिखित वा अन्य प्रामाणिक आधारहरू भने भेटिँदैनन्।

 

तर उनले कुनै दिन मोदीले त्यो कुरा आफैँले खुलाउने आशा व्यक्त गरेका छन्।

मोदी नेपालको तेस्रो राजकीय भ्रमणका लागि वैशाख २८ गते आउँदैछन्।

उनी जनकपुरधाममा रहेको रामजानकी मन्दिर र हिमालपारि मुस्ताङमा रहेको मुक्तिनाथको मन्दिरमा दर्शन गर्न जाने कार्यक्रम रहेको छ।

प्राचीन कालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथका छोरा रामसँग भएको पौराणिक मान्यता छ।

हिन्दुवादी भारतीय जनता पार्टीका नेता रहेका मोदीले यसअघि पनि जनकपुर र मुक्तिनाथ जाने इच्छा व्यक्त गरेका थिए।

-बीबीसी नेपाली  बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय