करन महरा,३० बैशाख धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोड बस्ने स्व. नारायण प्रसाद उपाध्यायकि १८ बर्षिया माईली छोरी रक्षा उपाध्यायको मुटुमा प्वाल परेको र निजको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले बहिनिको उपचारका लागि २१ बर्षिया दिदी रेखा उपाध्यायले सबैलाई सहयोगका लागि याचना गरेकी छिन्।

केही बर्ष अघि काठ्माण्डौमा रहेको सहिद गंङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा चेकजाँचका क्रममा रक्षाको मुटुको सल्यक्रिया गर्नुपर्ने भएकाले तुरुन्तै उपचारकालागी रकम जमा गर्न अस्पतालले परिवारलाई आग्रह गरेको थियो ।तर घरको आर्थिक अवद्था एक्दमै नाजुक रहेको र बाबुको समेत मृत्यु भैसकेकाले रकम जुटाउन झनै मुस्किल परेको साँझबिहानको छाक टार्न समेत गाह्रो परिरहेका बेला बहिनिलाई ब्यथाले दिनप्रतिदिन च्याप्दै गएपछी बहिनिको ज्यान बचाईदिन रेखा उपाध्यायले सबैमा सहयोगकालागि अपिल गरेकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सहयोग गर्नका लागि नागरिकता न: ६७-०१-७०-०५८७० मा आई एम ई गर्न र एभरेस्ट बैंकमा रहेको बैंक खाता न: ०११००५०१२२८२४२ मा रकम पठाउन सकिने जनाएकी छिन्। खाता र नागरिकता उनको आफ्नै नाममा ( रेखा उपाध्याय ) (Rekha Upadhyay) रहेको समेत जनाएकी छिन्।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालिले भने निज बिरामिको उपचारमा सहुलियत गरिदिन सहिद गंङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका नाममा पत्र काटेको छ।