भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँ पछिल्लो केही दिनयता निकै चर्चामा छ। चर्चाको विषय हो मे ५ मा भएको एउटा बिहे जसमा दुलहा एकजना तर उनका लागि दुलही दुईजना थिए।

दुलहीहरू धुरपता र राजश्री शिरगिरे दिदीबहिनी हुन् जोसँग साइनाथ उरेकरले बिहे गरेका हुन्।

हाम्रो कार कोटग्याल गाउँ पुग्दा दिउँसोको २ बजेको थियो।

कार पुग्नासाथ गाउँलेहरू हाम्रो वरिपरि जम्मा भए। मान्छेहरूको हाउभाउ हेर्दा कुनै टीभी च्यानल आउने उनीहरूको अपेक्षा थियो।

लामो प्रयत्न
हामीले शिरगिरेको घरबारे सोध्दा भीडमा भएका एकजनाले भने, “धेरै टेलिभिजन च्यानलहरूबाट आइसके, अब त नआऊन्। बिहे गरेर उनीहरूले दाम्पत्य जीवन पनि बिताउन थाले।”

केहीबेरपछि भीडमा भएका अर्को व्यक्तिले शिरगिरेको घर हामीलाई देखाए।

दुलहीको घर पुग्दा हामीसँग सात/आठजना भेटिए। तर हामीसँग कुरा गर्न उनीहरूमध्ये कोही पनि तयार थिएनन्।

भारतमा दुई करोड ‘अनिच्छित’ छोरीहरू

दाइजोका लागि ‘बेहुला’ बन्ने महिला

महिलाका लागि भारत कति सुरक्षित?

हामीले बिहेबारे सोध्दा उनीहरूले भने, “जे भयो राम्रो भयो। तपाईँ यो विषयमा कुरै नगर्नू।”

दुलहीका आमाबुवा कता हुनुहुन्छ भन्ने हाम्रो प्रश्नमा जवाफ आयो, “उहाँहरू बाहिर जानुभएको छ र दुलहा-दुलही पूजा गर्न जानुभएको छ। चार-पाँच दिनपछि उहाँहरू फर्किनुहुन्छ।”

बलात्कारविरुद्ध भारतमा प्रतिक्रिया किन ढिलो?

‘नराम्री युवतीलाई धैरै दाइजो’

तीन घण्टा लामो प्रयत्न गरे पनि कुनै पनि कुरा बताउन कोही राजी भएनन्।

गैरकानूनी
अन्त्यमा साढे ५ बजेतिर दुलहीहरूको काकाका छोरा प्रकाश शिरगिरे हामीसँग कुरा गर्न तयार भए।

उनले भने, “उनीहरूको संसार शुरू हुनुभन्दा पहिले नउजाडियोस् भनेर हामीलाई डर लाग्छ। एउटै केटासँग दुईजनाको बिहे गर्नु गैरकानूनी हो भन्ने कुरा हामीलाई थाहा थिएन। छोरीहरूको खुशी चिताएरै काकाले एउटै केटासँग बिहे गराएका हुन्।”

साइनाथ उरेकर धुरपता र राजश्रीकी फुपूका छोरा हुन्।

प्रकाश शिरगिरेले भने, “धुरपता बाल्यकालदेखि सुस्त मनस्थितिकी छन् र बिरामी भइरहनछिन्। उपचार गराउँदा पनि केही भएन।”

“साइनाथ बाल्यकालदेखि राजश्री र धुरपतासँगै हुर्किएका हुन्। धुरपता सुस्त मनस्थितिको भएको थाहा हुँदा-हुँदै ऊ बिहे गर्न तयार भयो। र, उनीहरूले नयाँ जीवनको शुरूवात गरिसकेका छन्।”

प्रकाशसँग कुरा गरिरहँदा छेउमा उभिएका मानिसहरूले हामीलाई फर्किन भनिरहेका थिए।

समस्या
त्यहीबेला दुलहा र दुलहीका आमा आइपुगेको एकजनाले इशारा गरेपछि हामी उनीहरूतिर गयौँ।

हामीले सोध्नुअघि नै उनीहरूले भने, “हामीलाई थाहा छैन यो गलत हो अथवा सही तर हामी सबै खुशी छौँ।”

हामीलाई यति भनेर उनीहरू गइहाले। साँझको ६ बजिसकेको थियो।

यसबीचमा हामीले थाहा पायौँ कि दुलहा र दुलहीहरू बाहिर नभइ दुलहाको गाउँ समराला गएका रहेछन्।

हामीहरूले उनीहरूसँग सम्पर्क गर्न खोज्यौँ। सबैभन्दा पहिले हामीले कान्छी बहिनी राजश्रीसँग कुरा गर्यौँ।

उनले भनिन्, “दिदी सुस्त मनस्थितिको हुनुहुन्छ। जसका कारण उहाँको बिहे हुन समस्या भइरहेको थियो। कोही पनि बिहे गर्न तयार थिएन।”

मेरो चाहना थियो मेरो भन्दा पहिले दिदीको बिहे होओस्, साइनाथसँग मेरो बिहेको कुरा चल्दा मैले मेरो चाहनाबारे उनलाई पनि बताएँ। उनी हामी दिदीबहिनीसँग बिहे गर्न तयार भए। र, अहिले हामी तीनै जनाको संसार बसिसकेको छ।”

बहिनीको शर्त
राजश्रीसँग कुरा गरेपछि हामीले साइनाथसँग पनि कुरा गर्‍यौँ।

उनले भने, “राजश्री मेरो मामाकी छोरी हुन्, म उसैको घरमा हुर्किएको हुँ। राजश्री र उसको परिवारका सदस्यले दुवै जनासँग बिहे गर्न सक्ने वा नसक्नेबारे मलाई सोधेपछि मैले सक्छु भनेँ अनि हाम्रो बिहे भयो।”

६० वर्षीय गङ्गाधर शिरगिरेकी तीनजना छोरी छन्- राजश्री, धुरपता र ज्योति।

आफ्नो छोरा नभएपछि गङ्गाधरले बहिनीका छोरा साइनाथको आफैँले पालनपोषण गरेका हुन्।

बाल्यकालमै साइनाथको बिहे धुरपतासँग गर्ने कुरा भएको थियो। तर पछि धुरपताको मानसिक स्वास्थ्यमा सुधार नआएपछि राजश्रीसँग बिहे गर्ने निर्णय भयो।

तर राजश्रीले साइनाथ समक्ष शर्त राखिन्, “यदि मसँग बिहे गर्ने हो भने भने तपाईँले मेरी दिदीलाई पनि स्वीकार्नुपर्छ।”

मनोपरामर्श
साइनाथले राजश्रीको शर्त स्वीकार गरेपछि तीनै जनाको बिहे भयो।

दुलहा-दुलहीका परिवारको मानसिक स्थिति बुझ्न हामीले गाउँका केही मानिसहरूसँग कुराकानी गर्‍यौँ।

सन्तोष नाम गरेका एकजनाले भने, “कानूनी कारबाही हुन सक्ने डरले शिरगिरे परिवार तनावमा छ, उनीहरूलाई मनोपरामर्शको खाँचो छ।”

त्यस विषयमा हामीले एकजना वकिल असीम सरोदेसँग कुरा गर्‍यौँ।

उनले भने, “कानूनी रूपमा दुइटा बिहे गर्न पाइँदैन। उनीहरूको हकमा पनि मुद्दा चलाउन सकिन्छ।”

“तर यहाँ केटाले एउटै दिदीबहिनीसँग बिहे गरेको हेर्दा अपराध गर्ने उद्देश्यले देखिँदैन। यो घटनामा कानूनी कदम चाल्दा कसैलाई फाइदा हुँदैन। सबै मिलेर यसको हल खोज्नुपर्छ।”

-बिबिसी नेपाली बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah