सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरीका विभिन्न होटलबाट नौजना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ।

प्रहरीले इटहरीको विभिन्न होटलबाट उनिहरुलाई बुधबार सांझ नियन्त्रणमा लिएको हो। प्रहरीले इटहरी आसपासका केही होटल तथा लजहरुमा सञ्चालकहरुले नै यौनकर्मीहरुलाई सम्पर्क गरी अबैध यौनधन्दा तथा बेश्यावृति गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले इटहरीको नेशनल गल्लीमा रहेको गणपति होटलका सञ्चालक राजकुमार सुबेदी, ग्राहकहरु कैलालीका भरत बिष्ट र हेटौडाका महेश कँुवरसहितलाई पक्राउ गरिएको जनाएका छन्। पक्राउ परेका महिला एवं युवतीहरु यसअघि पनि पटक–पटक पक्राउ परेका थिए। उनीहरु सबैलाइ म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।