इनरुवा । घरपरिवारबाट वृद्ध अवस्थामा हुँदै आएको अपहेलना कम गर्ने उद्देश्यले इनरुवा नगरपालिकाले नगरभित्रका उत्कृष्ट बुहारी छनौट गरी पुरस्कृत गर्ने तयारी गरेको छ। वृद्ध अवस्थामा आफ्नै सन्तानबाट अपहेलित हुनुपर्ने बाध्यताबाट छुटकारा दिलाउने उद्देश्यले इनरुवा नगरपालिका सो तयारी गरेको हो । यस्तो निर्णयले समाजमा विकराल रूपमा रहेको वृद्ध अवस्थमा घरपरिवार बाट टाढिनु पर्ने समस्या अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र आफ्ना सासु ससुराको स्याहार सहित सम्मान तथा माया गर्ने बुहारीको खोजी गरी सम्मान गर्ने छ । उत्कृष्ट बुहारीको खोज्न १० वटै वडामा छनौट समिति गठन गरिने नगरपालिकाले जनाएको छ । प्रत्येक वडाबाट दुईजनाका दरले नगरस्तरीय प्रतिष्पर्धाका लागि छानिने २० जना असल बुहारी मध्ये उत्कृष्ट दुईलाई सम्मान गरिने छ । इनरुवा नगरपालिका नगर प्रमुख राजन मेहताले उत्कृष्ट हुने बुहारीलाई सुनको सिक्रि दिने विषयमा छलफल गरिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उत्कृष्ट बुहारीले हुनका लागि सम्बन्धित बुहारीका सासु ससुराको मञ्जुरी अनिवार्य हुनुपर्ने छ । पुरस्कार हात परेपछि सासु ससुराको बेवास्ता गरेको पाइए दिइएको पुरस्कार फिर्ता लिइने र सो परिवारका लागि नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा सुविधामा समेत कटौति गरिने नगर प्रमुख मेहताले बताए । पुर्बेली न्युज बाट सभार