दमक,बिष्णुप्रसाद पोखरेल। झापामा आर्युबेद चिकित्साप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आर्युबेद औषधालयले सञ्चालन गरेका गाँउघर स्वास्थ्य क्लिनिक र औषाधलयमा बिरामीहरुको चाप अधिक हुन थालेको पाईएको हो । जिल्ला आर्युबेद औषाधलयले शुरु गरेको गाँउ घर क्लिनिकमा घण्टौ कुरेर समेत बिरामीहरुले सेवा लिन थालेकाछन् । लखनपुरमा मंगलवार भएको आयुर्बेद स्वास्थ्य गाँउघर क्लिनिकमा ३ घण्टा लाइन बसेर जाँच गराउनु भएका ७८ बर्षिय पुरण घिमिरेले आफूहरुले पहिला आर्युबेदमा नै निर्भर रहेपनि छोरानातिहरुले यसको बेवास्था गरेकाले आफूहरुको रोग निको नभएको बताउनु भयो । उहाँले यहाँ आर्युबेदको औषधि र उपचार पाइन्छ भनेर थाहा पाएर आएको बताउदै अब आफ्नो रोग निको हुनेमा ढुक्क बनेको पनि बताउनु भयो । जिल्लाको सुरुगा र बुधबारेमा मात्र महिनामा दूइदिन हुदै आएको आर्यूबेद स्वास्थ्य घुम्ति शिबिर लखनपुरमा पनि शुरु भएपछि यहा बिरामी थेगिनसक्नु गरि भएको कविराज निरिक्षक बिपि शर्माले बताउनु भयो । उहाँका अनुसार लखनपुरमा शुरु गरिएको गाँउघर क्लिनिकमा एकैदिन २ सय ४० बिरामीहरुले सेवा लिएकाछन् भने १ सय ५० बिरामीहरु त्यसै फर्केकाछन् । लखनपुरमा यहि महिनादेखि महिनामा दूइपटक गाँउघर क्लिनिक शुरु गरिएको हो । झापा कै बैगुन्धुरा आर्युबेद औषधालयका प्रमुख समेत रहनु भएका कबिराज निरिक्षक शर्माका अनुसार पछिल्लो समयमा आर्युबेद उपचारमा बिरामीहरुको आकर्षण धेरै नै बढेको पाईएको छ । अन्य उपचारबिधि अपनाएर हैरान र निराश भएका बिरामीहरु आर्युबेदमा आउने क्रम बढेको र उनिहरुले यसबाट लाभ लिन थालेपछि बिश्वास समेत बढ्दै गएको बताईएको छ । ग्याष्ट्रिक, बाथ, पायल्स, दम, मधुमेह लगायतका बिरामीहरु अधिक रुपमा आउने गरेको र सेवाबाट सन्तुष्ट बनेको पाईएको शर्मा बताउनु हुन्छ । बाथका दीर्घ रोगीहरुलाई निशुल्क रुपमा सेक्ने सुबिधा समेत प्रदान गरिएकाले यसमा समेत आकर्षण बढेको बताईएको छ । बाहिर आर्युबेदीक उपचार गर्दा औषधि महगो हुने भएकाले त्यति धेरै नगएपनि सरकारी सेवा निशुल्क हुने भएकाले बिरामीहरु आर्युबेद औषधालय र गाँउघर क्लिनिकमा धाएर र पालो पर्खेर उपचार गराउने गर्छन् । सरकारले करिब ५० प्रकारका आर्युबेदिक औषधि निशुल्क दिदै आएको छ ।
जिल्ला आर्युबेद औषधालयले सञ्चालन गरेका गाँउघर स्वास्थ्य क्लिनिक र औषाधलयमा बिरामीहरुको चाप

सवाल नेपालसंवाददाताशनिबार, १५ पुस २०७३

जिल्ला आर्युबेद औषधालयले सञ्चालन गरेका गाँउघर स्वास्थ्य क्लिनिक र औषाधलयमा बिरामीहरुको चाप
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३


