बीबीसी। सामाजिक संजालमा यतिबेला एउटा फोटो निकै शेयर भइरहेको छ। जसमा कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामी सानी छोरी र राधिका कुमारस्वामीसँग देखिएका छन्। ह्वाट्सएपमा दुई धारमा विभाजित सामाजिक प्रयोगकर्ताबीच आरोप प्रत्यारोप भइरहेको छ। यो विषयमा कुमारस्वामीलाई लिएर निकै उत्सुकता छ।
के एचडी कुमारस्वामीले दोस्रो विवाह गरेका हुन्? वा अभिनेत्री राधिका कुमारस्वामीसँग उनको अवैध सम्बन्ध थियो? के उनीहरुबीचबाट एक छोरी जन्मिएकी छन्? के उनीहरु सँगै बस्छन्? एचडी कुमारस्वामीले चुनावअघि निर्वाचन आयोगमा बुझाएको फारममा केवल श्रीमती अनीताको मात्र नाम लेखेका छन्। र सार्वजनिक रुपमा पनि कुमारस्वामीले राधिकालाई आफ्नी श्रीमती भनेका छैनन्।
कुमारस्वामीमात्र होइन, भारतीय राजनीतिमा कयौं नेता यस्ता छन् जसले पहिली श्रीमती हुँदै अन्य महिलासँग प्रेम सम्बन्ध बनाए अनि ती महिला उनीहरुकै घरमा बसिरहेका छन् वा विवाह नै गरेका छन्। लोकसभा सांसद कणिमोइ, द्रविण, मनेत्र कडगम (डीएमके) का वरिष्ठ नेता करुणानिधिको तेस्रो विवाहबाट जन्मिएका सन्तान हुन्। डीएमके नेता टी आर बालूले पनि आफ्नो फारममा आफ्ना दुवै श्रीमतीको नाम लेखेका छन्।
के कुनै यस्ती महिला नेतालाई चिन्नुहुन्छ?
तर यस्ता कुनै पनि महिला नेताको नाम तपाइँको दिमागमा आउँदैछन्, जसले आफ्नो एउटा श्रीमान हुँदाुहँदै उसँग सम्बन्ध विच्छेदन नगरी अर्का पुरुषसँग प्रेम सम्बन्ध गाँसेको होस्। वा उसँगै एउटै घरमा बसिरहेकी होस वा उसँग विवाह नै गरेको होस्। छक्क पर्नु भयो नी! यो विचार नै अचम्मको लागिरहेको होला, महिला नेताको चरित्रमाथि प्रश्न उठ्न थाल्यो होला।
तर पुरुष नेतामाथि यस्ता प्रश्न उठ्दैनन्। यदि चर्चा भइहाल्यो भने पनि केही दिन सामाजिक संजालमा टिकाटिप्पणी हुन्छ र आफैं सेलाएर जान्छ। के यदि कुनै महिला नेताले यस्तो गरे त्यसलाई नजरअन्दाज गर्न सकिन्छ? पुरुष नेताले प्रेम सम्बन्ध बनाउने र दोस्रो विवाह गर्दा पनि जनताले उनलाई स्वीकार गर्छन्। त्यतिमात्रै होइन ती नेतालाई बारम्बार निर्वाचित पनि गर्छन्।
पहिलो श्रीमान या श्रीमती जीवितै हुँदा र विना सम्बन्ध विच्छेद अर्को विवाह गर्नु भारतीय दण्ड संहिताको धारा ४९४ अनुसार गैरकानुनी हो।
त्यसको बावजुद कराणानिधि र टी आर बालु जस्ता केही नेताले दोस्रो विवाह गरेका छन् र उनीहरुमाथि कुनै कानुनी कारवाही पनि भएको छैन्।
यही कारण के हो भने कानुन ‘कग्निजेशल’ होइन, बरु प्रहरी स्वयं संज्ञान लिएर कुनै पनि पुरुष वा महिलालाई दोस्रो विवाह गरेको अभियोगमा पक्राउ गर्न सक्दैन।
यस्ता महिला वा पुरुषलाई त्यतिबेला मात्रै कानुनी कारवाही गर्न सकिन्छ, जतिबेला उनीहरु विरुद्ध कसैले उजुरी दर्ता गराउँछन्। यो कानुन मुसलमान महिलामाथि त लागू हुन्छ। तर मुलसमान पुरुषलाई ‘मुस्लिम पर्सनल ल’ अनुसार चारवटा सम्म विवाह गर्न छुट छ। उनीहरुले पाँचौं विवाह गरे भने यो कानुन अनुसार गैरकानुन हुन्छ र पहिली श्रीमतीले उुजरी गरे कानुनी कारवाही पनि हुन्छ।
२००९ मा ल कमिशन अफ इण्डियाले उक्त कानुनलाई ‘काग्निजेबल’ बनाउन सिफारिस गरेको थियो। त्यसको उद्देश्य कुनै दबावका उजुरी नदिए पनि दोस्रो विवाह गर्ने पुरुष विरुद्ध प्रहरीले स्वयंले कारवाही गर्न सकोस्। तर अहिलेसम्म त्यसो हुन सकेको छैन। र जनताको असन्तुष्टिका बावजूद पुरुष नेताले दुई वटा विवाह गर्न छोडेका छैनन्। डिसी नेपाल बाट



