स्वर्गबाट उपहार प्राप्त सेतो हिउँ पिएर बनेको यो जीउ न झिर सँग डरायो, न पीर भित्र हरायो तर….समयले आफैँलाई प्रश्न सोध्ने गरायो
रीषीहरुले ज्ञान पाए थियो यस्तो कुटी झ्यास खाँदा जडी हुन्छ झुस खाँदा बुटी आफ्नो भन्न सकेनौँ माटो एक मुठी

जुम्लाका स्याऊमा झ्याउ पलाएपनि इलामको चियामा खिया लागेपनि कोशीको पानी जस्तो भा नी आफ्नो आफ्नै थियो बिस्र्यौँ जानी जानी
दोधार परेका दोधाराका मान्छे छाम्दैछन् पेट पर्खिराछन् भान्से छिमेकी छन् कुत्ता, फाल्छन् यता जुत्ता न आनन्द कुद्दा, न शान्ति छ सुत्दा जीजीविषा भन्दा ठुलो स्वाभीमानको मुद्दा
तराईको अन्न खलियानमा टन्न सिधै जान्छ पारी तेब्बर भई आउँछ यतै राम्रा पोका पारी गाँस बेचेर श्वास फेर्दैछ तराई काठमाडौँ तिरै हेर्दैछ तराई
गोठमा बाँधेको लैनो गाई पारी चर्न थाल्छ थाहै नपाई बाच्छो यता बाँ…बाँ… गर्छ बिचरो त्यतिकै मर्छ सयौँ वर्ष अर्काको तलुवा चाट्नेले अहिले हामीलाई चटायो चटाएर चाटुकारलाई थप चटाउन खटायो
आयातित माग प्रायोजित गर्दा देशले सबै सहने भो मेची र काली वीरको आँशु लिएर बहने भो
शोकमग्न हुन्छु…….१११
देश बन्नेभो दन्त्यकथा त्यसको पात्रको सुचीमा हाम्रो नाम रहने भो १










