काठमाडाैं । घटना भारतकाे उत्तराखण्डमा पर्ने नैनिताल जिल्लाकाे हाे । त्यहाँ स्थित रामनगरका एक सिख समुदायका प्रहरीले मुस्लिम युवकलार्इ भीडबाट छुटाएर सुरक्षा दिएकाे भिडियाे यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा व्यापक फैलिएकाे उक्त भिडियाे हेरेर धेरैले ती बहादुर प्रहरीकाे प्रशंसा गरेका छन् । केही दिनअघि (मे २२ मा) रामनगरस्थित गिरिजा माताकाे मन्दिरमा हिन्दू-मुस्लिमकाे एक जाेडी घुम्न अाएका थिए । त्यतिखेर वरिपरि रहेकाे हिन्दू जमातले युवकलार्इ घेर्दै अाक्रमण सुरू गरेकाे थियाे ।

जाेडीमध्ये युवती हिन्दू तथा युवक मुस्लिम थिए । हिन्दू युवतीलार्इ मुस्लिम युवकले प्रेम गरिरहेकाे हिन्दुवादी संगठनले थाहा पाएपछि उक्त जाेडीमाथि अाक्रमण सुरू भएकाे थियाे । उनीमाथि मुक्का र लात्तीसहित गाली वर्षिन थालेकाे थियाे । संयाेगवश त्यहाँ इन्सपेक्टर गगनदीपले याे घटना देखेपछि उनी भीडमा छिरे र ती मुस्लिम युवकलार्इ बचाउन हरकाेशिस गरे ।

भिडियाेमा प्रस्ट देख्न सकिन्छ- मन्दिर परिसरमै वरपरि जम्मा भएकाे भीडले ती युवकमाथि अाक्राेशित मुद्रामा प्रहार गरिरहेकाे छ । तर शिख समुदायका प्रहरी इन्सपेक्टर गगनदीप भीडलार्इ सक्दाे सम्झाउँदै उक्त मुस्लिम युवकलार्इ अाफ्नाे छातीमा बाँधेर सुरक्षा दिँदै छन् ।

इन्सपेक्टर गगनदीपको याे कार्यलार्इ धेरैले ‘बहादुरी’को संज्ञा दिँदै प्रशंसा गरेका छन् । अाक्राेशित भीडले युवकलार्इ जे पनि गर्न सक्थ्याे तर गगनदीपले ठूलाे घटना हुन नदिर्इ युवकलार्इ बचाए । भारतमा बेलाबेला यस्ता साम्प्रदायिक घटना भइरहन्छन्, केही समयअघि मात्रै भीडले कुटेर एक दलित व्यक्तिकाे ज्यान गएकाे थियाे ।

ती प्रहरीले भीडबाट युवकलार्इ छुटाएर लग्दा उल्टै उनीमाथि समेत गाली बर्सियाे, भीडले प्रहरी विरुद्ध नारा समेत लगायाे । तर उनले अन्ततः ती युवकलार्इ सुरक्षित रूपमा पुलिस थानामा लगेर राख्न सफल भए गगनदीप । पछि ती युवककाे परिवारलार्इ सम्पर्क गरेर जिम्मा लगाइएकाे बताइन्छ । (एजेन्सीकाे सहयाेगमा) न्यूज२४बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah