कम्पला / एजेन्सी– युगान्डामा भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगान्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरू कैयौं घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।
मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।
युगान्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायिमाले जानकारी दिए । पूर्वी अफ्रिकी मुलुक युगान्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि २ हजार जनाको मृत्यु हुने गरेको पाइन्छ ।



