साथी भनेकाे सबै भन्दा माथी हुन्छ भन्छन साथ छुटाेस तर गास कहिल्यै नछुटाेस,याे भनाइ पनि कहिले काही झुटाे हुन्छ किनकी याहा युवाहरूकाे एक समुहमा एउटी केटीकाे लागि अाफ्नै साथी बीचमा कस्ताे अवस्था सम्म अाउन सक्छ ।यहि परिस्थितीलाइ हास्य शैलीमा नमस्ते भाउजु भिडियाेमा राेचक ढंगले प्रस्तुत गरिएको छ,यस भिडीयोलाइ युटुव च्यानल अार्ट टिभी बाट सार्वजनिक गरिएकाे छ ।यस भिडियाे बाट दशर्कहरूले निकैनै मनाेरञ्जन लिनेमा एसका लेखक मनाेज खत्री बताउछन्।
नमस्ते भाउजुमा कलाकारहरू ज्ञानेन्द्र काेइराला ,रूबिना लिम्बु,पेमा शेर्पा,प्रदिप गुरूङ,लाेक गीतकाइलाे (हजुरकाे सुकपाल) लक्ष्मण तामाङ,राजन रसाइली र टिकाराम अधिकारी “ठेकीमुन्टे”को अभिनय रहेकाे छ भने,मनाेज खत्रीकाे लेखनमा ,छायांकन, सम्पादन तथा निर्देशन सर्बज्ञान फिल्मस् काे रहेकाे छ।
भिडियो को लागि तल हेर्नुस:



