वैदेशिक रोजगारीले नेपालमा दैनिक एक अर्ब भन्दा माथि करोड रेमिटेन्स भित्रिन्छ । भनिन्छ नेपाल रेमिटेन्सले नै धानेको छ । नेपालको लाखैँ युवा युवतीहरू विदेशिएका छन् ।
विदेश गएर नेपालमा रेमिटेन्स त भित्रिन्छ । तर त्यो सगँसगैँ विकृति पनि फैलिन्दै गएको छ । आफ्नो घर परिवारलाई सुखमया बनाउनका लागि विदेशिएका कायै युवाहरूको घरबार नै उठिबास लागेको छ । पछिलो समय वैदेशिक रोजगारी पारिवारिक विचलन तीव्र रुपमा ल्याएको पाइन्छ ।
नेपालमा आफूले भने जस्तो काम पाइन्दै, पाए पनि जीविका धान्न कठिन हुन्छ । एक्लो भएसम्म त युवाहरू जसोतसो नेपालमै बसेरका हुन्छन् ।जब विवाह बन्धनमा बधिन्छन् । उनका काँधमा जिम्मेवारी पनि उतिकै थपिन्छ । नेपालको जागिरले परिवार धान्न नसकेपछि युवाहरू वैदेशिक रोजगारीमा जान्छन् ।
सुखी खुसी परिवारको सपना देखेर विदेशिएका युवाहरूको श्रीमती परपुरुषसँग लागेर धोका दिएर जीवनभर पछताउनुपर्ने बनेका हाम्रो समाजमा धेरै उदाहरणहरू छ। आफू विदेशमा बसेर जति पसिना चुहाए पनि यता आफ्नो घरबारको सत्यानाश भइरहेको हुन्छ । विवाह गरेर विदेशिने पुरुषहरू घर फर्किँदा घरमा स-साना छोराछोरीलाई छाडेर श्रीमती परपुरुषसँग गइसकेकी हुन्छिन् । परपुरुषसँग लागेर श्रीमतीले धोका दिएर जीवनभर पछताउनुपर्ने बनेका हाम्रो समाजमा धेरै उदाहरणहरू छ।
झापा भद्रपुर नगरपालिका २ निवासी सुमन कटुवालकी श्रीमती ६ वर्षीय छोरा ‘रूपक’ र रोजगारीबाट दिनरात श्रम गरेर कमाएर पठाएका धन सम्पत्ति लिएर लिएर अहिले बेपत्ता भएकी छिन्। गत फागुनमा श्रीमती विनिता रेग्मी (कटुवाल)बेपत्ता भएपछि कटुवाल अहिले प्रहरीसमक्ष हारगुहार गरिरहेका छन्। लाखौँ नगद र गरगहना लिएर २७ वर्षीया श्रीमती छिमेकी राम लिम्बूसँग भागेको श्रीमान् कटुवालको आरोप छ।
कटुवाल २१ महिनाअघि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए। ०७४ फागुन २३ गते श्रीमती विनिता हराएकी थिइन् । हराएको तीन दिनपछि श्रीमतीलाई बिर्तामोडस्थित आफन्तको घरबाट फेला पारी सीमा प्रहरी चौकी पृथ्वीनगरको रोहवरमा फागुन २६ गते माइती पक्षका विष्णुप्रसाद रेग्मीलाई जिम्मा लगाइएको थियो। कटुवालले विदेशबाट नर्फेसम्म माइतीलाई श्रीमतीको निगारानि राखिदिनु भनेका थिए । कटुवाल चैत्रमा ३ गते घर आइपुगे तर घर आएकै दिन कटुवालकी श्रीमती छोरोसमेत लिएर छिमेकी लिम्बूसँग भागिन । कटुवालले श्रीमती र छोरा बेपत्ता भएकोले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दर्ता गराएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।
प्रेमीसँग मिली शिशुको हत्या
त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १३ मा एक प्रेमी जोडीले नवजात शिशुको हत्या गरेका छन् । श्रीमान् वैदेशिक रोजगारको लागि कतारमा रहेको अवस्थामा गङ्गा ओखेडा र सोही स्थान बस्ने सन्तोष ओखेडाको अनैतिक सम्बन्ध रहेको थियो । उनीहरू बिचको सम्बन्ध बाहिरिने डरले दुवै मिली शिशुको हत्या भएको प्रहरीले जनाएको छ ।
एउटै थरी रहेका र आफन्त समेत पर्ने गङ्गा र सन्तोषले आपसी सहमतिमा शिशुको हत्या गरेको स्वीकार गरेका छन् । शिशुको शव परीक्षणका लागी महाकालीमा अञ्चल अस्पताल लगिएको छ । शिशु हत्यामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर साठीले बताए ।
श्रीमान विदेशिएपछि फेसबुकबाट लभ गरि अनैतिक सम्बन्ध
३४ वर्षीय कमला शाह (नाम परिवर्तन)लाई पनि उनका श्रीमानले एउटी छोरी साथमै छाडेर विदेश गएका थिए । धनुषाकी कमला श्रीमान् विदेशीएपछि काठमाडौँमा एउटा कस्मेटिक पसल खोलेर यतै बस्न थालेकी थिइन् । बिहान बेलुकाको हातमुख जोर्न कस्मेटिक व्यापारले पनि भरथेग गरेकै थियो ।
उनको फेसबुकबाट धनुषा उप–महानगरपालिका–८ बस्ने ३७ वर्षका राजीव कर्ण नामका एक पुरुषसँग माया प्रेम बस्यो । कमलालाई भेट्न काठमाडौँको पशुपतिनाथ मन्दिर पुगेका राजीवले पहिलो भेटमै कमलालाई अङ्गालो हाले अनि सेल्फी खिच्न भ्याईहाले । त्यसपछि लगातार म्यासेज साटासाट हुँदाहुँदै कमला र राजीवको सम्बन्ध विकास भएर यौनसम्बन्ध सम्म पुग्यो । विभिन्न होटेलमा बोलाइएर राजीवले कमलासँग यौन सम्बन्ध राखे, अनि कमलाको अश्लील फोटो खिच्दै कलेक्सन गर्न थाले । राजीवले आफ्ना आपत्तिजनक फोटोहरू खिचेको र कलेक्सन गरेको कुरामा कमलाले खासै वास्ता गरिनन् । जब कमलाको श्रीमान् विदेशबाट फर्किए, त्यसपछि परिस्थितिले नयाँ मोड लियो ।
श्रीमान् नेपाल फर्केपछि राजीवलाई पहिलेजस्तो समय दिन र होटेलमा गएर सँगै बस्न कमलाको समय मिलेन, तर राजीवले पहिलेजस्तै व्यवहारको आशा गरिरहे । कमलाले आफ्नो प्रस्ताव अस्वीकार गर्न थालेपछि राजीवले फेसबुकको म्यासेन्जरमा अनर्गल म्यासेज पठाएर तनाव मात्रै दिएनन्, उनका आपत्तिजनक फोटो सार्वजनिक गरिदिने धम्की दिन थाले । त्यसपछि कमला प्रहरीको शरणमा पुगे कमलाको जोहरीले पक्राउ परेका राजीव कर्ण अहिले महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
श्रीमान् विदेशमा, घरमा पाँच बर्षको छोरा छोडेर भएको सबै गरगहना बोकी दीपा बेपत्ता
गत माघ २२ बाँके बैजनाथ ५ की २५ बर्षीय दीपा रिजाल एक महिला पेट दुखेको भन्दै औषधि किन्न जान्छु भनि घरबाट निस्केकी रिजाल माघ २१ गतेबाट बेपत्ता भएकी थिइन ।
पेट दुखेको औषधि गर्न कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज जान्छु भनेर हिँडेकी थिइन् । रिजालका पति विष्णुप्रसाद विगत तीन वर्षदेखि बैदेशिक रोजगारीका लागि कुवेतमा छन् । उनको साँढे ५ वर्षको १ छोरा पनि छ । घरबाट निस्कदा भएका सबै गहना लिएर हिँडेकाले घटना थप रहस्यमय बनेको परिवारजनले बताएका थिए ।
कसरी राख्ने श्रीमतीको निगरानी ?
भन्छन् ‘दाम्लोले बाँधेर राखेको गोरुले त दाम्लो चुँडाएर बाली खान्छ ।’ मान्छेलाई निगरानी राख्न त गाह्रो हुन्छ । तर पनि यदि तपार्इं विवाहित पुरुष हुनुहुन्छ र वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ भने, बेलैमा श्रीमतीमाथि निगरानी बढाउनु पर्ने हुन्छ । हुन त तपाइले विश्वास गरेर सुखी र खुसी परिवारका लागि विदेश जानुभएको हुन्छ । आफूले बेलामै आफ्नो निगारी राख्नु भएन भने तपाईँको आफ्नै घर व्यावहार बिग्रिन सक्छ ।
तपाईँ टाढा भए पनि आफ्नो श्रीमतीलाई एक्लो फिल हुन नदिनुहोस् । बेलाबेलामा फोन गरी राख्नुहोस् । श्रीमतीको बारेमा केही आफ्नो आफन्त र घरको छिमेकीबाट उनको बारेमा जानकारी लिई राख्नु होस् । उनले पनि आफ्ना घर परिवार सबै त्यागे तपाईँको लागि आएकी हुन्छिन् । त्यासैले विदेश गएर नभुल्नुहोस आफ्नो श्रीमतीलाई बेला बेलामा फोन गरी राख्नुहोस । यदि फोन गर्दा धेरै पैसा काटिने हुनाले केही समय निकालेर फेसबुक भाइवरमा कुरा गरिराख्नुहोस् ।
सवै विदेशिएका श्रीमतीहरु यस्तै हुन्छ भन्ने होइन तर यस्ता खालका घटन धेरै हुने गरेको छ । श्रीमतीलाई दोष लगाएर मात्रै पनि हुदैन । आफु अनुसार पनि भर पर्ने हुन्छ । त्यसैले आफू पनि इमान्दार र आफ्नो परिवारको जिम्मेवारीप्रति सजक हुन जरुरी देखिन्छ । आफ्ना गल्तिले पनि छाडेर हिड्ने गरेको हुन सक्छ ।
श्रोत: नविन राई/न्युज २४ टिभी



