उनका बाउले दिईनै सक्याथे आमा त झन् ज्वाईँ हजुर भन्थिन् फूलमालैमा मेरो शिरमा दिने सुनको गजुर भन्थिन् उनका दाइसँग बिजनेश एउटै बोनस बढि दिएका थिए उच्च आदरसाथ ज्वाईँ भन्थे जाप्निज घडी दिएका थिए भटभटे उनकै चलाउने मैले तेल सधैँ भर्दिँदैथे बिहे पछि एउटा घर त मेरै नाममा गर्दिँदैथे

हिजैमात्र सालोले घुमायो पछाडि लखर लखर हिन्दिएँ ल्यापटप छान्यो झन्डै लाखको आ….. हुनेवाला सालो हो किन्दिएँ पाईन्ट किनायो, ब्याग किनायो सरक्कै किन्दिएँ केही भनिँन खल्ती नै मेरो सुख्खा बनायो कति पैसा सकियो आ…. गनिँन स्कुटी किन्दिएँ हुनेवालीलाई तर अर्कैले गुडाईदिएछ म कुन वर्गको ज्वाई परेँ हजुर ? उनलाई त रविन्द्रेले उडाइ दिएछ ।
ऊ नै पटक पटक फोन गरेर घण्टौँसम्म बात गर्दथी एक दिन मात्र भेट नहुँदा नकचरी खुबै घात गर्दथी सिक्री किन्दिएँ त्यो घिच्रोमा के फर्काउँथी उनेर गै फोन गर्ने पालो मेरो आयो तर के गर्नु…. बोल्ने बाटै थुनेर गै बिहेपछीको घर त गयो गयो हातको घडीसमेत फर्काउनुपर्ने भो त्यो रवीन्द्रे ल्वाँठको फोन नं. देओ न कसैले थर्काउनुपर्ने भो
ऊ बाईस वर्षे कोरली थी म गधा पच्चीसे भैसक्याथेँ ज्वाईँको हैसियतमा व्यवहार गर्थे कैयौँपटक उसकामा गैसक्याथेँ सालीलाई नयाँ कुर्ता लगिदिँदा भन्ने गर्थी खोई मलाई ? ५० वर्षको तन्नेरी हे¥यारछे एत्रो बनाउँथी पोई मलार्ई
सबै मैले चिनेको र त फसाई त्यो पड्केले त चिन्नै परेन सिक्री मैले किन्देकैथेँ स्वात्तै उडायो त्यसले त सिक्रीसमेत किन्नै परेन नासम् बिनासम् कसरी हाँसम् मगज चक्करायो घ्वाईँ घ्वाईँ बुढो गोरुले कोरली उडाईसक्यो मलाई के को ज्वाईँ ज्वाईँ ???
मेरो ल्यापटप सिक्री सबै फिर्ता गर तिमेरको बाईकको चाबी समाओ ससुराभन्दा १० वर्ष जेठो ज्वाईँ भेट्यौ बोलाओ बस खाओ रमाओ यस्ता ज्वाईँ अरु चाहिए भन बरु तिमेर्को घरै भर्दिन्छु जति पल्ट ज्वाइँ भन्यौ यतिन्जेल विज्ञप्तीबाटै फिर्ता गर्दिन्छु
नभन कसैले ज्वाईँ भिनाजु म त तिमेर्लाई चिन्दै चिन्दिन यो बाटो हिन्दा हिन्दै यो ज्यानमा लोभियौ ई….अब त हिन्दै हिन्दिन ए १ झण्डै भाकी साली फिर्ता गर कुर्ता सुरुवाल मेरै बैनीले लाउँछे यो ज्यानलाई खेलाँची सम्झियौ तिमेर्ले एक बात बोलाउँ ? रानी मुखर्जी आउँछे तिमेर्ले भनेको ज्वाईँ ज्वाईँ कानैमा घुम्छ ज्वाईँ ज्वाईँ
हरे…१ उता रवीन्द्रे बजिया बाउ हुनै लागिसक्यो हैन म कस्तो ज्वाईँ ????










