हङकङ– चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ।

४ हप्ताको मात्रै जेल सजाय पाउने पूर्व सांसदहरुमा लेउङ चुङ हाङ र यौ वाइ चिङ रहेका छन्। उनीहरुका ३ जना सहयोगीहरुलाई पनि उही जेल सजाय तोकिएको समाचारमा जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचनपछि उनीहरुले केही कामहरु कानुन विपरित गरेको पाइएकाले जेल सजाय गर्ने निर्णय भएको अधिकारीहरुले बताएका छन्।

कोलुन सिटी अदालतका एक जना न्यायाधिशले सिधै सांसदको स्वाभिमान मास्ने काम गरेकाले ती पाँचै जनालाई जेल सजाय दिनु परेको स्पष्ट पारेका छन्। रासस/सिन्ह्वा