एजेन्सी । घरमा पालेको जनावरलाई मानिसहरु आफ्नो बच्चालाई जस्तो माया गर्छन् । एक महिलाले घरमा पालेको बिरालोलाई कुटेको रिसमा आफ्ना श्रीमानको हत्या गरेकी छिन् ।
अमेरिकाको डल्लासकी ४७ वर्षिया म्यारी ह्यारिसन जेलमा परेकी छिन् । उनलाई आफ्नै श्रीमानको हत्या गरेको आरोपमा जेल चलान गरिएको हो ।
म्यारीले प्रहरी अधिकारिहरु समक्ष बिरालोको विषयमा झगडा भएको समयमा आफ्नो हातबाट श्रीमानको हत्या भएको स्वीकारेकी छिन् । म्यारीको बयान अनुसार, उनका श्रीमान डेक्सटर ह्यारिसनले घरमा पालेको बिरालोलाई नराम्रो संग कुटेका थिए । त्यस विषयमा झगडा पर्दा म्यारिको हातबाट गोली चल्यो र श्रीमानलाई गोली लाग्यो ।
श्रीमानलाई गोली लागेपछि म्यारीले तुरुन्तै अस्पताल लगेकी थिइन् । अस्पतालमै श्रीमान डेक्सटरको मृत्यु भयो ।



