अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊनबीच मंगलबार ऐतिहासिक वार्ता हुँदैछ ।

उनीहरूबीच मंगलबार स्थानीय समय अनुसार बिहान ९ बजे सिंगापुरमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ। सामूहिक भेटवार्तापछि उनीहरूका बीचमा एक्लाएक्लै भेटवार्ता हुने छ। एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरू तय भएका छन्। ट्रम्प र उनको यो पहिलो भेट हो।