काठमाण्डु, २९ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच मंगलबार सिंगापुरमा ऐतिहासिक शिखरवार्ता सम्पन्न भयो । सो क्रममा दुवै नेताले संयुक्त रुपमा एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा ट्रम्पले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरेका छन् भने त्यसको बदलामा किमले आणाविक निशस्त्रीकरणको प्रतिबद्धता गरेका छन् ।

‘अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी, मजबुत र शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्ने विषयमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले विस्तृत, गहिरो र व्यापक छलफल गर्नुभयो,’ सम्झौतामा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टीको वाचा गर्नुभएको छ भने अध्यक्ष किम जोङ उनले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निशस्त्रीकरणको आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्‍याउनुभएको छ ।’

किमले यो सम्झौतामा अप्रिल २७ को पान्मुन्जोम घोषणापत्रकै प्रतिबद्धता दोहोर्‍याएका छन् ।

केही महिनाअघि मात्र एकअर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका किम र ट्रम्प दुवैले आगामी दिनमा संवादलाई निरन्तरता दिने बताउँदै यो शिखरवार्ता सफल र ऐतिहासिक भएको टिप्पणी गरेका छन् ।

‘संसारले एउटा मुख्य परिवर्तन देख्नेछ,’ हस्ताक्षरपछि किमले भनेका थिए ।

हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूले फोटो खिच्नकालागि देखाइएको सम्झौतापत्रमा स्पष्ट रूपमा चार वटा बुँदा देखाइएको छ ।

यस्ता छन् सम्झौताका बुँदाः

१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ ।

२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने ।

३.गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने । पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने ।

४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah