दमक/दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकलाइ बिवेकशिल नागरिक बस्ने नगर बनाउनु पर्नेमा जोड दिएकाछन् । उनले सामाजिक संघसंस्था र सामाजिक अगुवाहरुको यसमा महत्वपूर्ण भुमिका हुने जनाउदै यस्तो बताएकाहुन् ।

रोटरी क्लव अफ दमकले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले अनाअवश्यक रुपमा बिबाद सिर्जना गर्ने, हुलहुज्जत गर्ने र गलत प्रवृतीलाइ निरुत्साहित गर्नको सट्टा उचालेर हिड्ने कार्यहरु गर्नु नहुने भन्दै यस्तो बताएकाहुन् ।

दमकमा सामाजिक संघसंस्थाहरुले राम्रो काम गरेको बताउदै उनले भने, दमकलाइ विवेकशिल सम्बृद्ध नगर बनाउनका लागि सबैको सहयोग र तत्परता चाहिन्छ । यसमा सहयोग गर्न आग्रह गर्दछु ।

ओलीले दमकको हाटखोला सुनलाइनमा रहेका भूमिहिन तथा सुकुम्बासीहरुको ब्यवस्थापन नगरपालिकाको दायित्व भएको बताउदै त्यसमा तयार रहेको समेत जनाए । उनले नकारत्मक रुपमा यस बिषयलाइ केहि राजनीतिक दलले समेत उचालेको भन्दै त्यस्तो नगर्न पनि अनुरोध गरे ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले पनि बोलेका थिए ।

कार्यक्रम रोटरी क्लव अफ दमकका अध्यक्ष गंगाप्रसाद काफ्लेको अध्यक्षतामा भएको थियो । स्वागत मन्तब्य रोटरी क्लव अफ दमकका पूर्व अध्यक्ष गंगा ढकालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah