टोकियो। जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ७ः५८ बजे ६.१ म्याग्निच्यूड तीव्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी नै छ।
रोयटर्स समाचार एजेन्सीका अनुसार दुईजनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको रोयटर्सले जनाएको हो।
पश्चिमी जापानको ओसाकामा भूकम्पले बढी क्षति गरेको जनाइएको छ। प्रारम्भमा ५.९ म्याग्निच्यूड भनिएको भूकम्पको तीव्रता पछि सच्याएर ६.१ बताइएको छ। भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन।
जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन्। ओसाकाका एक लाख ७० हजार ८०० घरमा विद्युत आपूर्ति बन्द भएको छ। स्थानीय ग्यास कम्पनीका अनुसार एक लाख ८ हजार घरमा ग्यास आपूर्तिसमेत बन्द भएको छ।
https://twitter.com/i/status/1008554368889696256










