एजेन्सी । चर्चितर भरपर्दा भारतका कप्तान महेन्द्र सिंह धोनीले भारतको एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमबाट अब खेल नखेल्ने भएका छन् ।

टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिएका उनले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमबाट पनि नखेल्ने निधो गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय मिडियाका अनुसार बुधबार भारतीय क्रिकेट बोर्ड बिसिसिआईले धोनीका विषयमा यस्तो फैसला गरेको हो । सन् २००७ को सेप्टेम्बरदेखि भारतीय टिमको एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानी सम्हाल्दै भारतलाई थप उचाईमा पुराएका धोनीले सन् २००७ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप, सन् २०११ मा विश्वकप तथा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जिताउन सफल भएका छन् ।