यसकारण पुरुषले खाली पेटमा लसुन खानैपर्छ। यस्ता छन् ७ अचूक फाइदाहरू जसले तपाइलाई स्वस्थ र तन्दरुष्ट राख्दछ त्यसैले पुरुषहरूले भुलेर पनि लसुन खान नबिर्सिनुहोला।

दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केस्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ। लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ। साथै, लसुनमा पाइने सेलिनियमले पुरुषको प्रजनन क्षमतालाई विकास गर्दछ। यो एन्टीब्याक्टेरिल गुणले पनि भरिपूर्ण हुन्छ जसले सास र मुखको दुर्गन्ध हटाउन सहयोग गर्दछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा. अरुण दधिचले लसुनका विभिन्न फाइदाबारे यहाँ जानकारी दिएका छन्।

लसुनमा पाइने प्रोटिनले शारीरिक सुगठनमा सहयोग पुर्याउँछ। यसमा कार्बोहाइड्रेट पाइन्छ जसले शरीरबाट कमजोरी हटाउँछ। यसले शरीरलाई ऊर्जावान् राख्नसमेत सहयोग पुर्याउँछ।

यसमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउँछ। यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ’ प्रोसेस तीब्र राख्छ।

यसले तौल नियन्त्रणमा राख्छ। लसुनमा पाइने फाइबरले कब्जियत र पेटको समस्यालाई टाढै राख्न मद्दत गर्छ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्।

https://youtu.be/zgIurJt22xM