सप्तरी, २१ पुस । सप्तरीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

बिहिबार अपराह्न ट्रकले एक पाँच वर्षीय बालकलाई किचेर मारेपछि आक्रोशित स्थानीय प्रहरीमाथि जाइलाग्दा झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड गोली चलाएको छ । साथै हवाई फायर पनि गरिएको छ ।

झडपमा परी इप्रका कादरबोनाका इन्सपेक्टर राजेन्द्र यादवसहित ८ प्रहरी र १२ स्थानीय घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पंसेरामा ट्रकको ठक्करबाट गरुवाहाका लक्ष्मण रामको ५ बर्षीय छोरा अर्जुन रामको मृत्यु भएपछि सप्तरीमा तनाव भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना साम्य पार्न ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

दुर्घटनामा बालकको मृत्यु भएपछि सो ठाउँमा आक्रोशित स्थानीयबासी राजमार्गमा टायर बालेर प्रदर्शनमा उत्रिदै सडक अवरुद्ध पारेका थिए । अवरुद्ध सडक खुलाउन खोज्दा झडप भएको प्रत्यक्षर्शी राजेश विद्रोहीले जानकारी दिए ।

आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै चालकलाई कुटपिट गरेका थिए । लगत्तै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।दैनिकनेपाल बाट सभार गरिएको।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah