उडिसाको भद्रक जिल्ला श्यामपुर गाउँमा एउटा अनौठो घटना भएको छ । सो गाउँको एउटा घरमा दुईवटा कोब्रा सर्प र १११ भन्दा धेरै बच्चा भेटिएका छन् ।
एकैपटक घरमा १११ वटा सर्पका बच्चा देखेपछि उनीहरु चकित परेको र स्नेक हेल्पलाइनमा खबर गरेको बताइएको छ । ठूलो कष्टका साथ सर्पका बच्चालाई घरबाट निकालिएको थियो ।
स्नेक हेल्पलाइनका अधिकारीका अनुसार सर्पका बच्चा दुई तीन दिन अघि जन्मिएका थिए । अहिले सो क्षेत्रमा मानिसहरु त्रसित छन् । वन विभागको एक टोली सो क्षेत्रमा ठूलो (माउ) सर्पका खोजीमा जुटेका छन् ।
किसन बिज भुयनको घरमा ६ वटा कोठा छन् । त्यसमध्ये एउटा कोठामा दुई फिट अग्लो सानो पहाड बनाइएको छ । जसमा किसान सधै विहान पूजा गरेर दूध चढाउँथ्ये । उनलाई त्यहाँ सर्प बस्छ भन्ने थाहा थियो ।



