भारत (देहरादुन)- भारतको उत्तराखण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।

भौण भन्ने ठाउँबाट रामनगर जाँदै गरेको यात्रुबस उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ, ८ जना घाइते भएका छन्', प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भने।

२८ सिट क्षमताको बसमा ५० भन्दा यात्रु सवार थिए। बस सडकबाट २ मिटर तल खोंचमा खसेको थियो।