फिलिपिन्स : फिलिपिन्समा एक विवादित क्षविका मेयरको गोली हानी हत्या गरिको छ। मेयर एन्टोनियो हलिलीलार्इ झण्डा फहरराउने उत्सव समारोहमा सुटरले गोली प्रहार गरेका थिए। साउथ मनिलाको तनायनस्थित टाउन हलमा राष्ट्रिय गान गाइरहेका समयमा मेयर एन्टोनियोको छातीमा गोली प्रहार भएको थियो। गोली चलेलगत्तै उक्त कार्यक्रममा उपस्थित उनका समर्थक यताउता भागभाग गरेका थिए।

भागदौडको मौका छोपेर गोली प्रहारमा संलग्न सुटर भाग्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू उल्लेख गरेका छन्। मेयर एन्टोनियोमाथि लागुऔषध कारोवारीलार्इ सघाएको आरोप लगेको थियो। स्थानीय प्रहरी प्रमुख रेनाटो मेर्काडोका अनुसार उनलार्इ झण्डै १५० मिटर नजिकबाट गोली प्रहार गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पेशेबर बन्दुकधारीले उनीमाथि गोली प्रहार गरेको उनको भनाइ छ। उनले सुटरको खोजीका लागि ब्यापक प्रहरी परिचालन गरिएको पनि बताए।