पारीजात र भग्न सपना

लेखक: विक्रम पालुङ्वा

पश्चीमी क्षितिजको सुदुर लालिमासँगै

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोधूलिमा जूनको मुस्कानभरी मिठो बैश बाँचेको त्यो पारीजात पूर्वीय क्षितिजमा मिर्मिरेको उषाकिरण देखेर एक अँगालो यौवन भक्कानिएर रोई,खस्यो।

जूनको मोहकतामा हराउथ्यो उ सरगम भएर प्रत्येक साँझ समयको छालसँगै त्यो जून कतिखेर उसको जीवन बनेछ अहो! कतिखेर उसको प्रेम बनेछ विहानिको आगमन हुने भयले छटपटिमा बाँच्दा आदिम जूनले उसलाई कहिले सृष्टिको कथा भन्थ्यो कहिले जीवनको वीरगाथा सुनाउथ्यो

त्यो जून हुन चाहेकोथ्यो उ ति रातहरुमा कती खुशीथ्यो उ

तर एकदिन गोधूली साझदेखी विहान सम्म आधिहुरी चल्यो मुसलधारे पानी पर्यो कालो बादल मडारिरह्यो गडगडाए आकाशभरी बस् त्यो जून त्यसपछी गोधूलिमा कहिले फर्केन हरेक रात प्रतिक्षामै बैस छरेर पारीजात पर्खिरह्यो जूनलाई

निर्दोष जूनसँगै पारीजातको सपनाहरु भत्कियो

ए आधिहुरी के तिम्रो वेगसँग पारीजातले जून साट्न सक्छ? के तिम्रो क्षमायाचनामा अपाहिज अस्तित्व बाँच्न सक्छ? अहँ! रगतको सिन्दुर स्वीकार्य छैन उसलाई हत्याको सहादत स्वीकार्य छैन उसलाई।

उसलाई थाहा छ उसको जून उसलाई भेट्न अब कुनै पनि गोधूलिमा फर्केर आउने छैन।

तर तिम्रो वेगलाई उ सधैँ भरी बिर्सन चाहन्छ।