हङकङको क्वाइचुङमा राती एक्लै भएको मौका पारेर महिलाको शरीरका अंग समात्ने र यौन दुव्र्यवहार गर्ने १७ वर्षीय किशोरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। गत दुई साताभित्र क्वाइचुङको शेक लेइ इस्टेटमा राती एक्लै हिंडिरहेका महिलामाथि यौन आक्रमण गर्ने ती किशोरलाई शुक्रबार साँझ उनको क्वाइचुङस्थित घरबाट पक्राउ गरी प्रहरी कष्टडीमा राखिएको छ।

सेकेण्डरी स्कुलमा अध्ययनरत १७ वर्षीय किशोर हङकङ आइडी भएका व्यक्ति हुन्, जसले गत दुई सातामा २० देखि ३५ वर्षका महिलामाथि राती एक्लै हिंडिरहेको मौका पारेर यौन आक्रमण गरेको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो आक्रमण गत बुधबार राती ११ः३० बजे भएको थियो, जति बेला ती किशोरले एक्लै हिंडिरेहेकी महिलाको स्तन समातेर भागेका थिए। सिसिटिभिको भिडियो हेरेर ती किशोरलाई पक्राउ गर्न प्रहरी सफल भएको हो, जसको घरबाट पीडित महिलाले बताए अनुसारका कपडा पनि प्रमाणका रुपमा संकलन गरिएको छ।