जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । दर्जनौं व्यक्ति हराइरहेका छन् ।

मारिनेहरु धेरैजसो हिरोसिमा प्रान्तका छन् । जहाँ गत बिहीबारदेखि वर्षाले व्यापक क्षति पुर्‍याएको छ । सयौं घरहरु ध्वस्त भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उद्धार र खोजीमा सेनासमेत परिचालन गरिएको छ । १५ लाख मानिसलाई सुरक्षित स्थानमा जान सुचित गरिएको छ । अरु ३० लाख मानिसलाई पनि यस्तो सूचना जारी गर्नुपर्ने सम्भावना रहेको बताइएको छ ।

त्यस क्षेत्रमा अझै केही दिन भारी वर्षा हुने त्यहाँका मौसम विज्ञहरुले जनाएका छन् । (एजेन्सी)