दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई सातादेखि फसेका १३ जना मध्य चार जनाको सकुशल उद्दार गरिएको छ ।

बाँकी ९ जनाको पनि उद्दारको प्रयास भइरहेको अलजल्जीरा टेलिभिजनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उद्दार गरिएको दुई जनालाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लगिएको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

उनीहरुको उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए ।