एजेन्सी। थाइल्याण्डको गुफामा फसेका जुनियर फुटबल टिमका सदस्य खेलाडीहरुको उद्धार कार्य चलिरहेको छ । १२ किशोरमध्ये आइतबार ४ जनालाई बाहिर निकालियो । १ जनालाई आज निकालियो । अन्यको उद्धारको लागि प्रयास भइरहेको छ । पछिल्लो समय एउटा प्रश्न निकै गम्भीर भएर उठिरहेको छ कि ती किशोरहरु गुफाभित्र किन गएका थिए ?

थाइ मिडियाका केही समाचारहरुमा भनिएअनुसार यी किशोरहरु गुफाभित्र सरप्राइज पार्टीको लागि गएका थिए । यही टिमका एक खेलाडीको नाम गेम हो । गेम अन्य साथीहरुसँगै त्यस दिन गुफाभित्र गएका थिएनन् । उनले कासोद पत्रिकासँग भनेका छन् कि टिम यसअघि पनि ३ पटक गुफाभित्र गएको थियो । यसअघि जाँदा भने वर्षाको मौसममा गएका थिएनन् । उनले पत्रिकासँग भनेका छन् ‘हामी गुफामा जानुभन्दा पहिले तयारी गथ्र्यौं । हामीसँग टर्च हुन्थ्यो । हामी यो कुरा सुनिश्चित गथ्र्यौं कि सबै गुफामा जानको लागि फिट छौं कि छैनौं ।’

गेमका अनुसार उनी त्यस दिन साथीहरुसँग गुफामा गएका थिएनन् किनकि त्यस दिन उनलाई सन्चो थिएन । गेमले भने ‘हामी ट्रेनिङको लागि गुफामा जान्थ्यौं वा टिमको कुनै सदस्यको बर्थडेको अवसरमा । गेमले प्रस्ट नभनेपनि उनीहरु त्यस दिन बर्थडे प्लानको लागि गुफामा गएको अनुमान गरिएको छ । २३ जूनमा दिन टिमका सदस्य फिराफत सोमपिंगजाइको जन्मदिन दियो । नाइट भनेर चिनिने उनको घरमा अझै पनि बर्थ डे केकसँगै परिवारले पर्खिरहेका छन् ।

यो गुफालाई लिएर अनेक किसिमका मान्यता छन् । एक लोकप्रिय मान्यता यो गुफाको नामलाई लिएर स्थापित छ । गुफाको नाम ‘टेम लोंग खुन नम नांग नोन’ हो । यसको अर्थ पर्वतमा सुतिरहेकी एक महिला हुन्छ । यो गुफा एक नदीको उद्गम स्थल हो । किंवदन्तीअनुसार चियांग रुंग शहरकी एक राजकुमारी एक घोडसवारसँग गर्भवती भएकी थिइन् । दुवै आफ्नो जीवनको विषयमा डराएका थिए त्यसैले दक्षिणी दिशामा गए ।

दुवै पर्वतीय क्षेत्रमा पुगेपछि राजकुमारीलाई उनका पतिले आफू केही खानेकुरा लिन जाने भन्दै राजकुमारीलाई आराम गर्न भने । यस क्रममा राजकुमारीका पिताले उनका पतिको हत्या गरिदिए । राजकुमारीले आफ्नो पतिको प्रतिक्षा कैयौं दिनसम्म गरिन् । जब उनलाई लाग्यो कि उनका पति आउँदैनन् त्यसपछि उनले कपालमा लगाउने पिनले आत्महत्या गरिन् । राजकुमारीको रगत पहाडबाट तल बग्यो र त्यसैबाट नदी निस्कियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah