नेपाली सेनामा १२ जना महासेनानीलाई सहायकरथीमा बढुवा सिफारीस गरिएको छ।

सैनिक मुख्यालयले गठन गरेको सेनाको बढुवा समितिले गरेको महासेनानीको बढुवा सिफारीस प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सदर गरेका छन्। बढुवा समितिको सिफारीसपछि १५ दिने सुचना समेत प्रकाशित गरिएको छ।

सहायकरथी बढुवामा एक नम्बरमा महासेनानी हिमांशु खड्का सिफारीस भएका छन्। उनि यसअघि वासिङटनस्थि नेपाली दूतावासमा सैनिक सहचारी थिए। खड्काले हायरकमाण्ड कोर्समा समेत प्रथम स्थान हासिल गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी सुरेश कुमार बानिया, प्रदिपजंग केसी, निरज पौडेल, पंकज कार्की, प्रयोग राणा, योगराज शर्मा, राम राणा, लव कुमार रायमाझी, अर्जुन श्रेष्ठ पनि सहायकरथीमा बढुवा सिफारीस भएका छन्। बढुवा हुने सबै २६ बेसिकका सैनिक अधिकृत हुन्।

प्राविधिक सहायकरथीमा डा. राजिवराज शाही, डा.उदय बज्र बज्राचार्य र प्राविधिक महासेनानीमा डा.नम्रता महरा बढुवा सिफारीस भएकी छन् । नेपाल खबर बाट साभार