दिव्या आर्य / बीबीसी

एक महिलाले आफ्नो ब्लाउजको बटन खोलिन् र उनको पूरा छाती देखियो । त्यसपछि उनले एक पुरुषसँग यौन सम्बन्ध स्थापित गरिन् र छाती खुल्ला राखेर उनी नजिकै सुतिन् ।

जम्मा ३०–४० सेकेन्डको यो भिडियो ह्वाट्सएपमार्फत भाइरल भयो र ती महिलालाई पोर्न स्टार भन्न थालियो ।

युट्युबमा उक्त सीनबाहेक त्यसको १० सेकेन्डको स–सानो क्लिप अपलोड भए जुन हज्जारौं पटक हेरिसकिएको छ ।

यहाँसम्म कि उक्त भिडियो घुमेर ती नायिकाका आफन्तसम्म पनि आइपुग्यो । यो सार्वजनिक रुपमा बाँडिएको छ भन्ने जानकारी दिन ।

यो पोर्न भिडियो होइन । यो सीन ‘नेटफ्लिक्स’ मा रिलिज भएको सिरिज ‘सेक्रेड गेम्स’ मा एउटा निकै विशेष मोडमा आउँछ ।

सिरिजमा श्रीमानको भूमिकामा नवाजुद्दिन सिद्दिकी र श्रीमतीको भूमिकामा राजश्री देशपान्डेका बीच सम्बन्ध निकै असहज रहन्छ । नवाजुद्दिनको पात्र बेडमा लगभग ‘हिंस्रक’ रुप लिने गर्दछ ।

तर स्थितीमा परिवर्तन आउँछ र दुबैबीच प्रेम पलाउन थाल्छ । यो दृश्यले त्यही परिवर्तन देखाउँछ । यसमा उनीहरु निकै प्रेमपूर्ण तरिकाले एक अर्कासँग नजिक हुन्छन् ।

तर उक्त दृश्यबाट कहानी निकाल्ने हो भने त्यही मात्र बाँकी रहन्छ । खुल्ला छाती र सेक्स ।

‘मलाई लाज लगेन’

राजश्रीको फोनमा, कहानीको सन्दर्भ नबुझी, उनकै त्यो केही सेकेन्डको भिडियो जब आफन्तले पठाए तब उनलाई निकै नराम्रो लाग्यो ।

राजश्री भन्छिन्, ‘मलाई असाध्यै नराम्रो लाग्यो । मलाई लाज लागेन, नराम्रो लाग्यो । म किन लज्जित होऊँ ।’

उनलाई आफ्नो भूमिका र कहानीमा त्यो भूमिकाको यो दृश्यको आवश्यकतामाथि पूर्ण विश्वास थियो ।

विश्वास थियो कि उनले केही गलत गरेकी छैनन् । महिलालाई वस्तु जसरी देखाइएन ।

उनको शरिरको विभिन्न हिस्सामा क्यामरा ‘जूम’ भएन ।

दोहोरो अर्थ लाग्ने भद्दा शब्द भएका गीत प्रयोग गरिएनन् ।

महिलालाई असभ्य चित्रण गरिएन ।

 

मात्र सिधा तरिकाले श्रीमान् श्रीमतीको प्रेम प्रसंग देखाइयो ।

राजश्री भन्छिन्, ‘मलाई राम्रोसँग थाहा छ, शरिर देखाउने स्वतन्त्रतालाई जिम्मेवार तरिकाले प्रयोग गर्नुपर्छ । मेरो नियत ठिक थियो । मैले केही गलत गरेकी छैन ।’

तर राजश्रीलाई नराम्रो लाग्यो । उनको भिडियोलाई पोर्नको रुपमा हेरिएका कारण मात्र नभई त्यसलाई मानिसहरुबीच साझा गरिएका कारण उनी दुःखी छिन् ।

भाइरल त धेरैकुरा हुन्छन् । कसैले आँखा झिम्काएको पनि भाइरल हुनसक्छ ।

तर यो भिडियो अलग हो । ३०–४० सेकेन्डको सीनको एउटा हिस्सालाई रोकेर त्यसको सानो भिडियो र तस्बिर बनाएर बाँडिदैछ ।

हेर्नेहरुलाई के भन्ने ?

राजश्री भन्छिन्, ‘यदि यस्ता सामग्री तपाईंसम्म आइपुगे तपाईंले त्यसलाई के गर्ने भन्ने सोच्नुपर्छ । प्रविधी एउटा हतियार हो, यसको प्रयोग मार्नका लागि हुनसक्छ र कसैलाई बचाउनका लागि पनि ।

फिल्म र टेलिभिजन सिरियलमा महिलाको शरिरलाई खुल्ला तरिकाले देखाउने गरिन्छ ।

कहिले यो कहानीको लागि आवश्यक हुन्छ त कहिले अनावश्यक रुपमा । तर सधैं यसलाई धेरै नै देखाइन्छ ।

पोर्न जस्तै । सन्दर्भ बिना । इन्टरनेटमा स–साना क्लिपमा काटेर ।

बिडम्बना यो छ कि हेर्नेहरुलाई कसैले पनि प्रश्न गर्दैनन् ।

तर यो हेर्नेहरु, रस लिनेहरु, आनन्द महसुस गर्नेहरु ती महिलालाई पोर्न स्टार मान्न र भन्न अलिकति पनि ढिला गर्दैनन् ।

‘ऐंग्री इंन्डियन गडेसेस’ र ‘एस दुर्गा’ मा अभिनय गरिसकेकी राजश्री देशपान्डे, ठूलो पर्दाको आफ्ना यी भूमिकाजस्तै, वास्तविक जीवनमा पनि चुप लागेर बस्ने जमातमा पर्दिनन् ।

राजश्री भन्छिन्, ‘बोल्न आवश्यक छ, तब मात्र परिवर्तनको आशा राख्न सकिन्छ । पाँचजनाले मात्र आफ्नो सोच परिवर्तन गरे यो ठूलो उपलब्धि हुन्छ ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah