दमक, २५ पुष - दमकका पुराना ब्यवसायि स्व.रामेश्वरदास अग्रवाल र रामदेबी अग्रवालको स्मृतीमा उनका छोरा इन्द्रसेन अग्रवालले सोमबार ४० जना बिपन्न जेष्ठ नागरिकहरुलाई ब्लाङकेट(न्यानो ओडने) बितरण गरेकाछन् । दमक उद्योग बाणिज्य संघ दमकका कार्यसमिति सदस्य तथा दमक जेसिसका नवनिर्वाचित उपाध्यक्ष समेत रहेका दमकका युवा ब्यवसायि नबिनकुमार अग्रवालले आफ्ना हजुरबुबा हजुरआमाको स्मृतीमा आफ्नो परिवारले यो बितरण गरिएको जानकारी दिए ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकको संयोजनमा एक कार्यक्रमबीच बिपन्न जेष्ठ नागरिकहरुको पहिचान गरेर ब्लाङकेट प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडा का अनुसार प्रत्येक वडाबाट पहिचान गरेर आएकाहरुलाई न्यानो ओड्ने ब्लाङकेट दिइदा जेष्ठ नागरिकहरु खुसि भएकाछन् । उक्त बितरण कार्यक्रममा दमक जेसिसका नवनिर्वाचित अध्यक्ष गोबिन्दराज कट्टेल, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल, लायन्स क्लवका जोन चियर पर्सन अजय अग्रवाल, जेष्ठ नागरिक भवानीप्रसाद गौतम लगायतले बोलेका थिए ।

अग्रवाल परिवारको अनुकरणिय काम ४० जना बिपन्न जेष्ठ नागरिकलाई कम्मल बितरण
सवाल नेपालसंवाददातासोमबार, २४ पुस २०७३

अग्रवाल परिवारको अनुकरणिय काम ४० जना बिपन्न जेष्ठ नागरिकलाई कम्मल बितरण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



