भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा अविश्वासको प्रस्तावमाथि जारी छलफलमा कांग्रेस आई अध्यक्ष राहुल गान्धिले मोदीलाई अँगालो मारेको दृश्यले लोकसभा बैठकमा चर्चा पाएको छ ।
सरकारको कमजोरी उठाईसकेपछि भाषण सकेर राहुलले प्रधानमन्त्री मोदीलाई अँगालो मारेका थिए । कसैले यसलाई संसदीय मर्यादा उल्लंघन भनेका छन् भने कतिपयले राम्रो भनेका छन् ।
राहुलले आफुलाई मोदीको पप्पु भनेका पनि चर्चा चलेको थियो ।
लोकसभामा शुक्रबार दिनभर अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । लोकसभामा मोदीआवद्ध भारतीय जनता पार्टीको एक्लै बहुमत छ । सांसद खरिदविक्रि भएको खण्डमा मोदीका लागि यो प्रस्ताव खतरा सावित हुनसक्छ । भारतीय राजनीतिमा सांसद खरिदविक्रि सामान्य हो ।
लोक सभाकी अध्यक्ष सुमित्र महाजनका अनुसार अविश्वास प्रस्तावमाथिको मतदानका लागि साँझ सवा ६ बजेको समय तोकिएको छ । लोक सभामा लन्चको समय पनि नराखिने भएको छ ।
भारतको संविधानअनुसार लोक सेवा अध्यक्षको मञ्जुरीका आधारमा यस्ता प्रस्तावमा बहस हुन सक्नेछन् ।
बहस सुरु हुनु अघि प्रधानमन्त्री मोदीले ट्वीस्टरमा संसदीय लोकतन्त्रका लागि अहम् दिन भएको लेखेका छन् । उनले आफ्ना सांसदले साथ दिने विश्वास पनि लिएका छन् ।
लोक सभामा अहिले ५३४ सांसद छन् । अविश्वास प्रस्ताव पास गर्नका लागि २६८ ले बहुमत पुग्छ । लोक सभा अध्यक्ष सुमित्रासहित भाजपासँग २७४ सांसद छन् । उसलाई लोक जनशक्ति पार्टीका ६ र शिरोमणि अकाली दलका ४ सांसदको पनि समर्थन थियो । शिव सेनासँग १८ सांसद छन् जसले भाजपालाई सघाएको थियो । तर शिव सेना तटस्थ बस्नसक्नेछ ।
उता भारतीय कांग्रेससँग भने ६३ सांसद छन् । कांग्रेसका ४८, त्रीणमुल कांग्रेसका ३४, तेलगु देशम पार्टीका १६ सांसद उसका साथमा छन् ।



